कहिले काहिँ यो दुई पाउको दिमागलाई दुई टन भन्दा पनि ठुलो दुःख दिन
मन लाग्छ । अक्सर यस्तै बेला सोची बस्छु । कस्को होला यो सारा भूगोल ? मान्छे को कि देउता को ? कसले सुरु गर्याे होला राष्ट्रियता भन्ने भ्रम । देश ले कि सिमाना ले ? मान्छेले स्वाभिमान र बिरासत त्यागिदियो भने राम्रो हुन्छ कि नराम्रो ? मलाई यो थाहा छ यी प्रश्नहरु उत्तर आउने प्रश्न नै होइनन् । यिनीहरु केवल तर्कका प्रश्नहरु मात्र हुन् ।
तर्क
जे सुकै होस् तर माथिबाट मेरो
आत्मालाइ चिठ्ठीमा राखेर पठाउने बेला
खाममा ठेगाना लेखिएको थियो, भारतवर्ष, हिमाल नगरी, चिसापानी फाँट
। सायद पठाउनेवाला ले कित्ताकाँट गर्दा
चाँही कम्तिमा हाम्रो जस्तो नाम बनाएको छैन होला । उसको ठेगाना
बताउने स्टाइल अर्कै होला । म मात्र होइन म जस्तै अहिले यतै वरपर रहेका पौने
तिनकरोड आत्महरु मिल्दोजुल्दो ठेगानामा खसेका हुन् । यहाँ आएपछि सबैले
थाहा पाए नेपाल भन्ने देशमा पर्दाे रहेछ हामिलाई खसालेको ठाँउ ।
“तर कस्तो अचम्म यहाँ त भारत भनेर एउटा भारत मात्र
भन्दा रैछ । भारत वर्ष भनेको हाम्रो माथि तिरको भाषामा त धेरै फराकिलो छ ।” यसरि पनि सोचे होलान्
केहि दिमाग तेजिला भएका आत्माहरुले
। हामि कम तेजिलो दिमाग हुनेहरु बा ले
बजार पठाको बेला बजार सम्म पुग्दा
समान त भुलिजान्छौ त्यत्रो सम्झने खुबी
कसरि आओस् ।
यो
मेरो नितान्त निजि आंकलन हो ।
अनुमान जे भएपनि अहिले हामि नेपाल भन्ने
सारभभौमासत्ता सम्पन्न मुलुकमा
बसेका छौं भन्ने चाहिं सत्य हो । हाम्रो
शरीरमा यहि देशको रगत बगेको कुरा
पनि यथार्थ हो । अझ खास कुरा त हाम्रो
छातीको एउटा कुनामा यहि देशको नामको
राष्ट्रियता छ
। त्यहि राष्ट्रियताले नै हामीलाई धेरै पटक निभ्न लाग्दा जोगाइदिन्छ जसरि आमा
जोगाउनुहुन्छ हावाबाट दियो । उ हाम्रो शरीरको चौकीदारी गर्छ । यो संसारको
भिडमा हामीलाई आफ्नो छातीमा टेकाएर उचाई दिलाउँछ ।
यहि हाम्रो छातीमा बसेको राष्ट्रियता बेलाबेलामा अर्काको पैताला मुनि पर्छ । अब तपाइँ आफै अनुमान गर्नुस त्यो बेला हामि कहाँ हुन्छौ । अक्सर यस्तै बेला परेली भत्काएर बग्छ देश । अमिलो मुख लगाउछ माटो को आकृति । ग्यास च्याम्बर भित्र थुनिन्छ मन । अनि गालि गर्न मन लाग्छ आफैलाई । प्रश्न सोध्न मन लाग्छ आफैसँग । किन हेपियो मेरो देश ? कसले गर्दा कुल्चियो छाति ? को हो त्यो जो जहाँ जादा पनि हेपिरहन्छ हामीलाई ?
एउटा
उखान छ “आफु नमरी स्वर्ग
देखिदैन”
। त्यस्तै भयो यसपाला । आफु पनि मारियो
तर स्वर्ग होइन नर्क देखियो । नियमित आकस्मिकताको क्रममै केहि महिना अगाडी भारत
पुगेको थिएँ । त्यो बेला नै मेरो राष्ट्रियता बोकेको मुटुको कचौरा अलिकति
कुच्चिएको थियो । भारत जाँदा साथमा भारतीय साथी भएकाले पनि सायद त्यति धेरै
कुच्चिन पाएन, थोरै कुचियो । त्यसको केहि समय पछी नै चिन तिर पनि जाने मेसो
मिल्यो । केहि छलफल पछाडी सिल्दुजुरे को पहिरो पनि हेर्ने र सिमानाको देश पनि
छाम्ने उदेश्यले हाम्रो टोलि गुड्यो काठमाडौँबाट ।
हामीहरु सबै जसो इन्जिनियरिंगका बिद्यार्थीहरु भएपनि मेरा एकजना कवी साथी रहरले संगै गएको थियो । हामीहरु अघिल्लो दिन नै तातोपानी गएर बसिसकेका थियौं । कवी साथि बिहान अलिक छिटो उठेर हामीहरुलाई पनि उठायो । तातोपानीमा नुहाई धुवाई गरिसकेपछी हामी चार जना अरु ग्रुप भन्दा अलि पहिले नै खासा छिर्ने निधो गर्याैं । केहि सामान किन्दै गरौँ फर्कदा के कसो हुने हो भन्ने सोचेर अलि अगाडी गएका थियौं ।
हामीहरु सबै जसो इन्जिनियरिंगका बिद्यार्थीहरु भएपनि मेरा एकजना कवी साथी रहरले संगै गएको थियो । हामीहरु अघिल्लो दिन नै तातोपानी गएर बसिसकेका थियौं । कवी साथि बिहान अलिक छिटो उठेर हामीहरुलाई पनि उठायो । तातोपानीमा नुहाई धुवाई गरिसकेपछी हामी चार जना अरु ग्रुप भन्दा अलि पहिले नै खासा छिर्ने निधो गर्याैं । केहि सामान किन्दै गरौँ फर्कदा के कसो हुने हो भन्ने सोचेर अलि अगाडी गएका थियौं ।
हामीले
नेपाल पट्टि रहेको अध्यागमन
कार्यालयबाट भिषा हानेको एउटा पेपर
पायौं । जब उक्त पेपर लिएर हामी मितेरी
पुलमा पुगेका थियौं । पुलको बिचमा बसेका
दुइ जना प्रहरीहरुले बन्दुकको नाल
तेर्साे पारेर हाम्रो बाटो छेके । म सबै
भन्दा अगाडी थिएँ र सबैको डकुमेन्ट
मै संग थियो । मैले अध्यागमन ले भिसा
हानेको पेपर देखाए । उसले त्यो हेर्न
नमाने जस्तो गर्याे । उ केहि बोलिरहेको
थियो तर हामीहरु मध्यको कसैले पनि
त्यो बुझेनौं । मैले पहिला नेपालीमा
सोधें “के भयो र सर?” उसले बिरालाकाजस्ता आँखा ठुलो पारेर खाउला झैँ गरेर हेर्याे र केहि
गालि गरे जस्तो बोल्यो ।
सोचें नेपालि बुझ्ने रहेनछ अनि भनें “सर ह्वाट्स अ प्रब्लम” मैले यति भनिसक्दा छेवैमा सिभिल ड्रेस लगाएर बसेको एकजना
प्रहरीले हात उचालिसकेको थियो । अब चाँहि हामीलाई थाहा भो एक शब्द बढी
बोलेर एक सेकेन्ड मात्र बढी बसियो भने त्यो हात हामि माथि नै बज्रने छ ।
म पछाडी सरेर साथीहरुलाई हेरें साथीहरु त कुदिसकेका रहेछन । म पनि निलो
अनुहार लगाएर पछाडी फर्किएँ ।
हामिहरु
पुल वारि आएर एक जना सशत्रको
प्रहरी दाइलाई सबै बेलिबिस्तार सुनायौं
। दाइले भन्नु भो “यिनीहरु यस्तै
हुन् भाइ सन्की छन् कहिले केहि नहेरी
यत्तिकै जान दिन्छन कहिले सबै मिल्दा
पनि जान दिदैनन् । एकपटक नागरिकता पनि
निकालेर बिचार गर त जाउ तर एकछिन पछी
है ।”
अलिकति आशाको बाटो देखाइदिनु भयो ।
हामीहरु एउटा लेडिज ग्रुपको पछी
पछी गयौं ।
अघि
लंगुर बाँदरको जस्तो कालो मुख
पारेको त्यहि पुलिस अहिले मास्की मास्की
केटिहरुलाई हेरेर हाँसीरहेको थियो ।
यसपाली हामीहरुले कुनै अपराधीले बिल्ला
भिरे जसरि अगाडी छातीमा त्यो भिसा
हानेको पेपर र नागरिकता देखाउदै गयौं ।
उसले सुरुमा मेरो नागरिकता हेरे
जस्तो गर्याे र अरु तिन जना साथीहरुको
नहेरी जान दियो । हामीहरु ठुलै युद्द
जितेको महसुस गरेर पुल तर्यौं । पारी
पुगेपछि खास डकुमेन्ट चेक गर्ने ठाउँ
त बल्ल पो रहेछ त्यहाँका चाइनिज
प्रहरीहरु राम्रो नेपालि पनि बोल्दा
रहेछन् । एकजनाले नागरिकता देखाउनुस्
भन्यो हामि सबैले देखायौं उसले एकछिन
हेरेर हामीलाई उता पठाइदियो ।
मैले जिबनमा पहिलो पटक छातीमा देश बोकेर हिड्नुको पिडा महसुस गरें । सोचेँ, हाम्रो नजिक रहेको छिमेकी देशकाले त यति हेप्छन भने सात समुन्द्र काटेर गएका हाम्रा आफन्तहरुको छाती दिनमा कति पटक अर्काको खुट्टा मुनि पर्दो होला ।
हामीहरु
चिनको भूमिमा भित्र छिरिसकेपछि पनि पटक पटक हेपिनु पर्याे । माथिल्लो खासामा
पुग्ने गाडीको रेट कति छ भनेर सोधेको एकजना नेपाली दाइले भन्नु भो “जादा ३०० आउदा ५०० ” । पछी थाहा भो उनीहरु जाँदा फकाई फकाई सस्तोमा लैदिने र आउदा
हाम्रो बाध्यतामा ब्ल्याक मेल गरेर महंगोमा ल्याउने गर्दा रहेछन । अनि
उनीहरुको यति ठुलो दादागिरि रहेछ कि कुनै समान हेरेर मूल्य सोधे पछाडी
किन्नै पर्ने नत्र लौरी सम्म उठाउदा रहेछन ।
हामीहरु
फर्कदा सम्म मेरो दिमागमा
धेरै कुराहरु गम्भीर बनेर आए । चीनको
प्रशाशनलाई राम्रोसंग थाहा छ कि उसको र
हाम्रो देशको भाषिक र संस्कृतिक रुपमा
भिन्नता ठुलो छ । र पनि उसले किन
सिमानाको मुख्य द्वारमा अलिकति भए पनि
नेपालि बुझ्ने प्रहरी राख्दैन ? उनीहरुलाई थाहा छ हामीले भोगेको घटना त्यहाँ प्रत्यक मिनेटमा
हुन्छ । यसलाई बुझेर भाषिक सहजताको लागि कुनै बेबस्था गर्नु त कता हो कता
उनीहरु हान्नी राँगो जसरी हेरेर हात उठाउछन् । के यति सस्तो छ हाम्रो शरीर ? के यति कम्जोर छ हाम्रो बिरासत ?
एउटा सामान्य नागरिकता भन्ने शब्द
उनीहरु संग बुझ्न नसकेर हामीले त्यो अपमान खेप्नु पर्याे । के केवल
नागरिकता भन्ने शब्द भन्न सक्दैनन् कुनै चाइनिज प्रहरी ? यदि जान्दैनन् भने
किन राम्रो नेपालि बोल्यो भित्रको चाँहि ?
यो
सबै सोच्दा र देख्दा लाग्छ । यो
उनीहरुले नसकेर भएको होइन नचाहेर भएको
हो । उनीहरु हामीमाथि निरन्तरको
हेप्ने आदतको अम्मली भएका छन् । अझ भनौं
हामीलाई हात ताक्दा वा हिर्काउदा
उनीहरुलाई खुब रमाइलो लाग्छ । हाम्रो
राष्ट्रियता मितेरी पूल बाट खसाल्दा
खुब मजा आउछ ।
अर्काे
मुख्य कुरा मलाइ त्यो सशत्रको
दाइले भनेको लाग्यो । हामी उनीहरुको मुड
अनुसार भित्र छिर्न पाउने रहेछौं ।
उनीहरु एउटा बेश्यालयका पाले हुन् कि
देशका सुरक्षाक्रमी ? हामीहरु यदि
सबै डकुमेन्ट पुर्याएर गएका छौं भने
भित्र छिर्न दिनु उनीहरुको कर्तब्य हो
कि होइन ?
हामीहरु कम्जोर छौं भन्ने कुराको यो
एउटा बलियो प्रमाण हो । यता
चिन सरकारले सित्तैमा जहाज दियो भनेर
हाम्रा मन्यहरु तारे होटलमा उनीहरुको
सेवा गरिरहदा । उता एउटा मजदुर नेपालीको
टोपी त्यहि चिनले भोटेकोशीबाट
बगाईदीसकेको हुदोरहेछ ।
यो
बिषयलाई हामीले एकपटक भारतको
सिमानासंग पनि तुलना गरेर हेर्याैं ।
हामी चार जना मध्यको एउटा साथी नेता
काम गर्छ । उसले भन्यो “आजसम्म हाम्रो
राष्ट्रियता कुल्च्यो भनेर भारतलाई
खुब गालि गरियो, यता चिनले त झन् कुल्चेर
त्यहिँ माथि आची गरेर पो छाड्दो
रहेछ त ।”
एउटा सामान्य नागरिक सिमानामा गएर पिडित
हुनुको नाताले मलाइ पनि उसको कुरा कता कता हो जस्तो लाग्यो । मेरो पनि हिजो भारतले
अलिकति मात्र कुच्याएको राष्ट्रियता बोक्ने कचौरो आज धुजा धुजा भएर फुटेको
थियो ।
हामीहरु
सामान्य बाँच्न पनि घरि घरि
नजान्ने मान्छे । सरकारको छेमिकी
सम्बन्धको कुटनैतिक गणित जान्दैनौं ।
मात्र हामीले भोगेका ब्यबाहरिक सम्बन्ध
नै हाम्रो धारणाको आधार हो । अब
दिमागमा एउटा के धारणा बनेको छ भने ।
देश दक्षिणको सिमानामा मात्र दुखेको
रहेनछ देश त प्रत्यक दिन मितेरी पूलबाट
भोटेकोशीमा पनि खस्दोरहेछ ।


Post a Comment