कविता- सास फेरुन्जेलसम्म

Monday, February 9, 2015 0 comments

तिमीले संगीत भरेर पठाएको
जिन्दगीको धुन
आशाको वस्ती हुदै
आइपुग्छ मेरै धड्कनसम्म
दिन्छ मेरो मुटुलाई धड्कने शक्ति

तिमीले स्केच गरेर पठाएको
धमिलो जिन्दगीको तस्बिर
रंगहरुको बाटो हुदै
आइपुग्छ मेरो दिलको क्यानभाषमा
म थाहै पाउदिन
कुन बेला मेरा औलाहरुले
मिलाइसकेका हुन्छन
रंगहरुको संयोजन
मलाइ नै थाहा हुदैन
कुन बेला छातीमा टाँसीसकेका हुन्छन

घामका किरणहरु
यहि प्रक्रिया गराउन धर्ति सम्म वर्लन्छन
जून यहि हेर्नको लागि
हरेक रात उदाउछ
यो बतास त केवल
हाम्रो हुलाकी भन्दा बढी केहि पनि होइन
जो तिमीलाई म सम्म ल्याइपुर्याउछ

कुनै दिन निभाएछ भने
घामले उज्यालो
पठाउन बिर्सेछ भने
जूनले रश्मि
टुटेछ भने
हाम्रो सम्बन्धको तार

आउन छाड्लान
तिम्रो नामका संगीतहरु
बिचमै हराउलान
तिमीले पठाएका आकृतिहरु

त्यो दिन पनि
मैले भुलेको हुदिन सास फेर्न
भुलेको हुदिन तिमीलाई सम्झन
मात्र
माध्यामको अभाबमा तिमीले
थाह नपाउन सक्छेउ
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage