कोही भेटिने आशमा आफैँ हराएको रहेछु।
जिवनको क्यानभासमा आफैँ हराएको रहेछु।
धेरै जना लाई जून बनेर उदाउन सिकाएँ,
कसैको आकाशमा आफैँ हराएको रहेछु।
मैले हराएको मेरो देश नभेट्नुको कारण,
बषौँ देखि प्रवासमा आफैँ हराएको रहेछु।
आँफुले आँफैलाई पनि अर्काको ठानेर,
कस्तो अन्धविश्वाशमा आफैँ हराएको रहेछु।
मेरो तलाशमा चाँही कोहि आउला कि नआउला,
म तिम्रो तलाशमा आफै हराएको रहेछु।


Post a Comment