कविता(मैले भगवान मांरे)

Thursday, August 1, 2013 0 comments

मैले भगवान मारें!

हो, 
म हत्यारा हुँ, 
महोदय, 
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेकोछु। 

त्यसले मलाई के गरेन? 
म सँग सँगै मेरा सपनाहरुलाई जन्मायो,
तर कहिल्यै सास फेर्न दिएन,
मैले कहिल्यै आफु नाबालक भएको अनुभब गर्न पाइन,
म जन्मेकै दिन मेरो निधारबाट
नाबालकको छाप मेटाइदियो, 
मैले एक बर्ष पुगिसक्दा पनि मेरो आमाको नअघाएको
पेटबाट झरेको दुध भन्दा अरु केही पनि पाइन,
आखिर त्यो पनि सधैं कहाँ दिन्थ्यो र रोकिदियो,
अनी सुरु गर्‍यो मेरा सपना हरुसँगको दुस्मनी,
महोदय,
यसले मेरा धेरै सपनाहरुको भ्रुण हत्या गरेको छ,
जसरी यो देशका नेताले गरेका छन जनाताका 
सपनाहरुको,
हिजो त्यसले मेरा सपना मर्यो,
आज मैले तेस्लाई मारें,

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 

यसकै आँगनमा लडेर मेरा बाले एक मुठ्ठी प्राणको 
भिख मागेका थिए,
मेरी आमाले एक चिम्टी सिन्दुर मगेकी थिइन,
यसले मेरा बाको घाँटी निमोठिदियो,
मेरी आमाको सिन्दुर खोसिदियो,
मलाई टुहुरो बनायो,
मेरा आशाहरु खोसिदियो,
मेरा जीवनका रङग्हरुलाई फिक्का बनायो, 
जसरी फिक्का बनाईदिए भानुले घाँसिको परिचय,
महोदय,
यसलाई मेरो आँसुको श्राप लग्नेछ,
यो मरेपछी पनि नर्कमा जनेछ, 

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 

महोदय,
मैले त्यसलाई के गरेको थीइन?
आफ्नो पेट भोको राखेर 
सयौँ पटक लड्डु चडाएको थिएँ,
मेरो आङ नङ्गो राखेर
कयौँ पटक त्यसलाई धोजा पतका बनाएको थिएँ,
मेरी आमाले चामल किन्न राखेको
रुपैयाँ चोरेर त्यसलाई चाढाएको थिएँ,
त्यसको अगाडि नङ्गो आङ हात जोडेर 
धेरै जाडो कटएको थिएँ,
तर 
त्यसले मेरा आसा र भरोसाहरु जलाईदिएको छ,
जसरी यो देशमा जलाईएको छ 
नारिहरुको ज्युदो अस्मिता,

हो, 
म हत्यारा हुँ, 
महोदय,
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 


महोदय,
भात्काउन लगाउनुहोस् तपाईंका सिपाहीहरुलाई 
बस्तिका मन्दिरहरु,
टुटाउन भनिदिनुहोस् मस्जित अनी गुम्बाहरु,
बन्द गर्न लगाउनुहोस् अगर्बत्ती कम्पनिहरु,
रोकिन भन्नुहोस् पहेँल कपडा बुन्ने चर्खाहरुलाई, 
मैले भर्खरै ईश्वरको हत्या गरेर आएको छु, 
मलाई आफुले गरेको अपराध प्रती कुनै हिनतबोध छैन, 
किनकी अब मेरो जस्तै कसैको सपनाको हत्या हुने छैन, 
ईश्वरको नाममा कसैले पनि आँसु बगाउनु पर्ने छैन,
सबैले आफ्नो आफ्नो कर्ममा विश्वाश राख्नेछैन, 
कसैले कसैको भरोसा गरेर धोका खानु पर्नेछैन,
जसरी यो देशका जनतारुले नेताहरुबाट खाइरहेकाछन,
मेरो यो २ पाउको सानो दिमागले यही सोच्यो 
र 
हातले तरबार समायो,
यो सब साँचो हो महोदय,
हो, 
म हत्यारा हुँ, 
मलाई गिरफ्तार गर्नुहोस्,
मैले भर्खरै ईश्वरको हत्या गरेको छु। 
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage