गजल

Tuesday, June 18, 2013 0 comments

कुनै बेलाको प्यार अहिले रिन भएको छ।
को को रहेछन आफ्ना बल्ल एकिन भएको छ।

कस्ले खोजिदेला मेरो हराएको मान्छे,
यहाँ आफैलाई चिन्ऩ त कठिन भएको छ।

आकाश देखैर उस्ले आफ्नो धरातल बिर्सेछ,
पैतलालाई भारी आज जमिन भएको छ।

सिसा कमसल हो या यो अनुहारनै कमसल हो,
ऐनामा मेरो चेहेरा मलिन भएको छ।

यस्तो विज्ञानले खै हामिलाई कहाँ पुर्याउला,
मेसिन मान्छे र मान्छे मेसिन भएको छ।
-सुमन लम्साल  
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage