गजल

Wednesday, May 1, 2013 0 comments

हो मालिक रहर  सानो जतन गरेर राखेको छु।
भरे खाने एक मानो जतन गरेर राखेको छु।

तिमिले जानेबेला आँशु पुछ्न दिएको रुमाल,
भा'को छैन पुरानो जतन गरेर राखेको छु।

पानी र असिना पर्दा यै छातिमा थाप्ने गर्छु ,
मैले यसरी घरको छानो जतन गरेर राखेको छु।

फेरी दिल टुक्राउन मन लाग्दा फर्केर आउनु,
तिम्रो लागि अचानो जतन गरेर राखेको छु।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage