गजल

Wednesday, May 1, 2013 0 comments

किन होला मलाई फरक लाग्दैन।
जेलनेल र पढाइ फरक लाग्दैन।

यो आमा बेचेर स्वास्नी किन्ने ठाँउमा,
आफन्त र पराइ फरक लाग्दैन।

मेरो भन्ऩु यहिँ एउटा देश त बाँकि छ,
हिमाल पहाड तराई फरक लाग्दैन।

जति पढेनी दाइजो चाहिएकै छ,
यी मान्छेको सोचाइ फरक लाग्दैन।

तिमि किन देशसँग कोटा माग्छौ,
आमालाई दाजु भाई फरक लाग्दैन।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage