गजल

Wednesday, May 1, 2013 0 comments

मलाई केही भन्ऩ मन छ पहिल्यै देखिको।
तिम्रो नामको धड्कन् छ पहिल्यै देखिको।

हराएको आफ्नो मान्छे फर्केर आएन,
डढेलो लागेको यौवन छ पहिल्यै देखिको।

यहाँ मरेकाहरुको खुसिको लागी,
ज्युँदा काट्ने चलन छ पहिल्यै देखिको।

दुइ छाक पेटभरी खुवाउने शर्तमा,
बन्धकी राखेको जिवन छ पहिल्यै देखिको।

पैसा तिर्नेले मात्र आर्शिवाद पाउछ,
यो व्यापारी भगवान छ पहिल्यै देखिको।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage