गजल:

Wednesday, May 1, 2013 0 comments

मरेकाे मान्छे कैल्यै फर्केर आउन सक्दैन।
रगतको खोलाले सत्यलाई बगाउन सक्दैन।

ढुक्क हुनु उसले तिम्रो प्रेम स्विकारेन भने,
अब कोही तिम्रो दिलमा अगो लगाउन सक्दैन।

हो कायरहरु पलायन हुन्छन केवल कायरहरु,
जसले आफ्नै आमालाई पनि पत्याउन सक्दैन।

उधारो दिनेले सामान र मित्रता दुबै बेच्छ,
जुन कुरा उसले चाहेकाे बेला फर्काउन सक्दैन।

लेखकहरु आकाशमा महलको चाहना राख्छन,
जसले धर्तिमा सानो झुपडि बनाउन सक्दैन।

मेरो आँशुले तिम्रो दिलको दाग मेट्नै नसक्ने भो,
जसरी पानीले कोइलाको कालो मेटाउन सक्दैन।

यी मान्छेहरू जतिसुकै विद्दान नै भएपनि
कमिलाले जति उपदेश कोही बताउन सक्दैन।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage