गजल

Wednesday, May 1, 2013 0 comments

कैले विजय जस्तो कैले पराजय जस्ताे ।
जिन्दगी त रहेछ आखिर अभिनय जस्तो ।

बरु छाडेरै जाउ कुनै गुनासाे गर्दिन,
तिमी भएर नि हुनु भन्दा नभए जस्तो ।

मौन तिम्रा गुलाबी अधर नियालेर हेर्दा
म देख्छु वेगसॅग आएको प्रलय जस्तो ।

सडकलाई सत्ता र सत्तालाई सडक बनाइदिने,
काेही भेटीएन शक्तिशाली समय जस्तो ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage