गजल

Thursday, February 28, 2013 0 comments


रेडियो सराङकोटले आयोजना गरेको खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल गजल:

कति ढल्छन कति मर्छन तिम्लाई देखेसी।
फूलहरुले डाहा गर्छन तिम्लाई देखेसी।

अप्सराको सुन्दरतानी फिक्का लाग्नेछ,
देउताहरु भुइँमा झर्छन तिम्लाई देखेसी।

समिप आयौ भन्दै लाई किन कराउछ्यौ,
लासहरु त नजिक सर्छन तिमलाई देखेसी।

झुक्केर नि तिमी कहिल्यै मन्दिर नजानु,
मुर्तीहरु आँखा तर्छन तिम्लाई देखेसी।

यो संसारमा के के हुन्छ सोच्न सक्दिन,
जून र तारा ओझेल पर्छन तिमलाई देखेसी।

मै आँफू नै भेट्न आँउला बाहीर ननिस्क,
यहाँ फेरी अरु लर्छन तिम्लाई देखेसी।

'सुमन'ले त के के गर्ला कुरा नगरौँ,
पलाँसहरु सुवास छर्छन तिम्लाई देखेसी।
लय: (4+4+5=13)
-सुमन लम्साल

Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage