गजल

Tuesday, January 15, 2013 0 comments

गजल
शंशोधन भएभने तिम्रा रहरहरुमा।
खुशी फल्नेछ नदिका बगरहरुमा।

धेरै कसरतसँग मुखले ढाँटेको कुरा,
छर्लङग देखियो तिम्रा नजरहरुमा।

बनाउनेले हाँसो बनाउनै बिर्सेंछ,
गरीब र निमुखाका अधरहरुमा।

एक दिन त पक्कै जहाज ठोकिनेछ,
यी शहरका अग्ला अग्ला घरहरुमा।

सबभन्दा बढी खुशी मजदुर हुनुपर्ने,
भगवान भेटिने भए पत्थरहरुमा।  

-सुमन लम्साल
चिसापानी ५ स्याङ्जा
हाल; ईन्जिनियरिङ अध्यायन संस्थान पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखरा   
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage