गजल

Monday, January 14, 2013 0 comments

प्राणप्यारो देशसँग दुरी लिएर।
बाँच्नुपर्यो कस्तो मजबुरी लिएर।

तिम्रो यात्रामा मलाई निम्ता नगर,
हिड्न सक्दैन दियो हुरी लिएर।

सोच्नुस त त्यहाँ कस्तो अत्याचार भा'रैछ,
कलमहरु उठेकाछन छुरी लिएर।

मेरा गजल कविताको विरोधमा एक दिन,
भगवान झर्नेछ उजुरी लिएर।

म तिम्लाई भेट्न गजल लिएर आउछु,
कृष्ण जी गएझै बाँसुरी लिएर।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage