गजल

Wednesday, January 9, 2013 0 comments

खेतमा झुलिरहेको धान मेरो पहिचान हो।
किनकी मेरा बाको परिचय किसान हो।

सगरमाथा, न बनाएउ तिमले न जोगाएका छौ,
तैपनी भन्दै हिड्छौ यो हाम्रो स्वाभिमान हो।

भो प्रिय तिमीले गुलाफ रोप्न नखोज,
मेरो छाती त पिडै पिडाको चट्टान हो।

भोकाहरुको वस्तिमा भएको मन्दिर हैन,
मलाई लाग्छ त्यो त भगवानको चिहान हो।

के पिर छ र नेता ज्यु दरबार त बनेकै छ,
नबनेको त नाथे त्यही संबिधान हो।

म मदिरा पिएर मातेको कहाँ हो र,
था छ? मलाई मत्ताउने त तिम्रो मुस्कान हो।

तिम्रा आमा र बहिनी लुटिएका छन,
उठ न उठ हे! यो देशका जवान हो।

-सुमन लम्साल
चिसापानी ५ स्याङ्जा
हाल; ईन्जिनियरिङ अध्यायन संस्थान पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखरा
— at Bagar
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage