गज़ल

Friday, December 7, 2012 0 comments

रहरले सानो झुपडी बनाएको छु
मैलाई थाह छैन कसरी अटाएको छु ।

हेरौला भोकमरीले कसरी सताउछ
मझेरी खनेर धान लगाएको छु ।

मलाई भेट्न चाहनेहरु आगोमा आउ
मैले भर्खरै आफ्नो चिता जलाएको छु ।

भो सरकार मलाई केहि चाहिदैन
यी योजनाहरुले नै म अघाएको छु ।

सपनामा कसैले पेटभरी खुवायो
अनि भनिदियो म निदाएको छु ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage