गजल

Thursday, December 6, 2012 0 comments

आजसम्म देख्नुभो किताबलाई पढेको।
अब देख्नुहुन्छ किताबले मलाई पढेको।

दुनियाँलाई पढ्न जवानहरु पलायन छन,
कोहि छैन आजसम्म यो देशलाई पढेको।

सबभन्दा गाह्रो पुस्तक समायझैँ लाग्छ,
जब हुन्छु म तिम्रो तस्विरलाई पढेको।

तिमी विदेशमा हुँदा नेपाल पढेँ भन्थ्यौ,
देख्यौ यै देशमा पहाड र तराई पढेको।

उदिप र सुमन अचेल भट्टिमा भेट्टिन्छन,
कि गजल पढेको कि बोत्तललाई पढेको।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage