गजल

Thursday, December 6, 2012 0 comments

पिंजडामा आकाशको चरा बनि सम्झन पाउदिन।
मनभरी रहर छन त छ नि सम्झन पाँउदिन।

हेर म कस्तो मजबुरी लिएर बाँचेको छु,
मालिकलाई नसोधि तिमलाई पनि सम्झन पाँउदिन।

मलाई कहिल्यै कसैले ऐना देखाइदिएनन्,
त्यसैले आफ्नो अनुहारनि सम्झन पाँउदिन।

भोको पेटले मलाई यस्तो ठाउमा पुर्याइदिएको छ,
ए ! मेरो देश तिमलाई आफ्नो भनि सम्झन पाँउदिन।

समयले क्रमैसँग मेरा खुसिहरु लुटिरहेको छ,
कुन दिन देखि यही गजलनि सम्झन पाँउदिन।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage