बहर:मुतकारीब मुसम्मन सालिम(फाउलुन*4/ISS*4=12)

Thursday, December 6, 2012 0 comments


कहाँ बाट आयौ नबोली नबोली।
नयन् पो जुदायौ नबोली नबोली।

कदम् यी बढाई समिपमा म आएँ,
बदन् त्यो झुकायौ नबोली नबोली।

निन्द्रामा समेत म देख्छु तिमीलाई,
कुन्निके गरायौ नबोली नबोली।

पहिलो प्रहारमै ठहरै बनाउने,
कस्तो तिर् चलायौ नबोली नबोली।

मुखैले सबैथोक् नखोलेर के भो ,
नजरले बतायौ नबोली नबोली।

म बोलेर तिम्लाई चलाउनै सकिन,
तिमीले ढलायौ नबोली नबोली।

कसैले कुल्चेर गएको सुमनलाई,
शिरैमा सजायौ नबोली नबोली।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage