गजल

Thursday, November 8, 2012 0 comments


भगवानको चित्र पत्याउ कि नपत्याउ?
देख्याछौ र मित्र पत्याउ कि नपत्याउ?

हिजो प्रस्ताव अस्वीकार आज आत्महत्या,
कस्तो यो विचित्र पत्याउ कि नपत्याउ?


रगतले पोतिएकाछन भित्ताहरु,
त्यही मन्दिर पवित्र पत्याउ कि नपत्याउ?


घडेरी आजकाल विक्रिमा छ अरे,
सिँहदरबार भित्र पत्याउ कि नपत्याउ?


मन्त्रले फुकेर दवाई खुवाईन्छ,
डाक्टरको चरीत्र पत्याउ कि नपत्याउ?
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage