गजल

Friday, November 2, 2012 0 comments

यो भट्टिमा सज्जन कुन छ चुरा नबजाउ।
दुनियाँले तिमलाई सुन्छ चुरा नबजाउ।

भर्खरै हो बोत्तललाई छाडि आएको,
मनले अनेक जाल बुन्छ चुरा नबजाउ।

लालि लगाउ गाजल लगाउ सोध्नु पर्दैन,
तर कोमल अधर रुन्छ चुरा नबजाउ।

अब कैहिल्यै नमातिने वाचा गर्या छु,
फेरी तिम्रो मातले छुन्छ चुरा नबजाउ।

आउ गाँस अँगालोमा भित्रै मलाई,
डाहा गर्छ बाहिर जून छ चुरा नबजाउ।

के हो गर्ने के नगर्ने मैले जान्दिन,
चाहानाले विवेक धुन्छ चुरा नबजाउ।

तिम्रै वैँश चोर्नभनि रहरहरु आछन,
कहाँ बस्छ्यौ थाहा हुन्छ चुरा नबजाउ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage