गजल

Monday, October 15, 2012 0 comments

उ उपहारमा सधै आगो  लिएर आउछ । ।
अनी मेरा सप्नाहरु खरानी बनाऊछ । ।

एक छाक कै लागी शिर झुक्नेवाल छ,
मलाई लाग्दैन भोकले स्वाभिमान बचाऊछ । ।

बन्दुकको नाल ले जन्माएको कलम ले,
हेरौंल कसकसको भाग्य रङगाऊछ । ।

मरेको छोराको सालिक बनेछ,
तेस्ले अन्धी आमालाई कसरी हसाऊछ । ।

निशानामा श्रीमती र आमा परेछन्,
खै अब त्यो गोली उस्ले कस्लाई चलऊछ । ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage