गजल

Monday, October 15, 2012 1 comments

मनभरी दुख अनि पिर विच्छ्याएर।।
निदाउन भन्छेउ जंजिर विच्छ्याएर।।

आमाले शरीरमा आगो लगाइछन,
बेपत्ता छोराको तस्विर बिच्छ्याएर।

हतकडि खोलेको प्रचार गरिएछ,
नाङ्गो पैतालामुनि तिर बिच्छ्याएर।।


पाखुरा चलाउ पसिना बगाउ,
किन खान्छेउ यार शरीर बिच्छ्याएर।।

हारेउ भने कहिल्यै फर्केर नआउनु,
बाटोमा राख्याछ अबिर बिच्छ्याएर।।
-SUमन
Share this article :

+ comments + 1 comments

October 15, 2012 at 2:39 AM

MAN PARYO SIR MALAI

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage