gazal

Tuesday, July 10, 2012 0 comments

त्यो मरेको लास फर्केर आउदैन।
गुमेसि विश्वाश फर्केर आउदैन।

बेपत्ता सुचिको नाम देख्दैमा,
नगर भो आश फर्केर आउदैन।

जति नै रोउ चिच्याउ कराउ,
मुर्दामा सास फर्केर आउदैन।

जुन युद्ध गरेनी यि गरिबहरुको,
खोसिएको गास फर्केर आउदैन।

बेकारमा किन हतियार उठाउछौ,
बेचेको इतिहास फर्केर आउदैन।

नझोस्दै आगो सोच्नुपर्थो तिमिले,
जलेसि घरबास फर्केर आउदैन।

छोएर तिमिलाई पक्कै डरायो,
अब त्यो बतास फर्केर आउदैन।
-Suमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage