gazal

Tuesday, July 10, 2012 0 comments

छेपारो अनेक रुप देखाउछ मैले भनेकै थिए।
हो आज यो अबश्था आउछ मैले भनेकै थिए।

ए नेपाली हो! तिमिले सर्पलाई दुध खुवाएर पाल्यौ
भोलि त्यसले बर्बाद गराउछ मैले भनेकै थिए।

जब मान्छे आफुले केहि पनि गर्न सक्दै सक्दैन,
तब अरुलाई दोष लगाउछ मैले भनेकै थिए।

अरे यार! सक्छौ भने तिमि बिचार लिएर लड्न आउ,
बन्दुक सँग त जो पनि डराउछ मैले भनेकै थिए।

यहाँ छोराहरुको लडाँइमा आमा मारीन्छिन
त्यो देखेर छिमेक रमाउछ मैले भनेकै थिए।

तिमिले मान्छे नै जन्मन्छ भनेर ढिपि गरि राख्यौ,
बाँदरले बाँदरनै जन्माउछ मैले भनेकै थिए।

ए साथि! आखिर भेट्न किन रित्तो हात आयौ,
सुमनले मदिरा मनपराउछ मैले भनेकै थिए।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage