gazal

Thursday, April 26, 2012 0 comments

न त आर्कै रोज्न सकेँ न त तिम्रो हुन पाँए।
माया गरें बदलामा जिबनभरी रुन पाँए।

पुतलीझैँ होमिएछु बत्ति सँग नाता गाँसी,
हैर्दा हेर्दै आफै जलेँ न त कहिल्यै छुन पाँए।

चस्क्यो छाति मध्य राति आए तिम्रा यादहरु,
छच्लकियो आँखाबाट परेलीलाई धुन पाँए।

तिमि जस्तै प्रतिबिम्ब कता कता देखे झैँ भो,
चर्किएछ मनको घाउ छाम्दाखेरी खुन पाएँ।

जुन थियो जुनसँगै आधार दिने आकाश थियो,
न त तिम्ले आकाश पायौ न त मैले जुन पाएँ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage