gazal

Thursday, April 26, 2012 0 comments

यो देशमा शहिदका छातिहरु बिक्रिमा छन।
बेच्दैछ हजुरबा नातिहरु बिक्रिमा छन।


दलालका ढोकामा भिड भाड बढ्छ आजभोली,
बेरोजगार युवाका ताँतिहरु बिक्रिमा छन।

परदेशिको यादमा जल्दाजल्दै सकियो तेल,
जलेर रहेका बातिहरु बिक्रिमा छन।
यो स्वार्दि शहरमा दुइ छाक टार्नकै लागी नि,
हजारौँ नारीका रातिहरु बिक्रिमा छन।
इश्वरले नि बुझे पैसा ठूलो रैछ भन्ऩे,
मन्दिरमा अचेल फूलपातिहरु बिक्रिमा छन।
नेताज्यू हतियार बनाउदैछन चुनाव जित्न,
सँघियता भन्दै जातिहरु बिक्रिमा छन।
संरचना:
यो+देश्+मा/श+हिद्+का/छा+ति+ह+रु/ बि+क्रि+मा+छन्।
बेच्+दै+छ/ह+जुर्+बा/ ना+ति+ह+रु/ बि+क्रि+मा+छन्।
3/3/4/4/=14(मिटर)

Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage