gazal

Sunday, March 18, 2012 0 comments

तिम्रो याद छाल सरी आउछ घरी घरी।
आँखाबाट बर्षे झरी आउछ घरी घरी।

किन मुटु टुक्रा हुन्छ? मन किन रुन्छ?
प्रश्न पनि नानाथरी आउछ घरी घरी।

रुँदा रुँदा आँखा सुक्छ, आफ्नै छायाँ लुक्छ
नचिनेको हो झैँ गरी आउछ घरी घरी।

बोट टुक्रा टुक्रा पर्यो बाँकि फूलनि झर्यो,
असिना नि मन परी आउछ घरी घरी।

सम्झनाको आँधि चल्दा दिलमा आगो बल्दा,
मन भित्र नै भुमँरी आउछ घरी घरी।

बिर्सन्छु म भन्दै धुजा धुजा पारेँ तर,
त्यहि तस्बिर आँखाभरी आउछ घरी घरी।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage