gazal

Friday, March 9, 2012 0 comments

यो जित र हार कति दिन रहला?
मान्छेको ब्यापार कति दिन रहला?


बफादार हार्छ नातेदारले जागिर खान्छ,
हाम्रो यो संस्कार कति दिन रहला?
मजदुर मर्दा सडकको लास उठ्दैन,
गरीबलाई तिरस्कार कति दिन रहला?
पैसाको खेतिले अबिर उब्जायछौ, किनेको पुरस्कार कति दिन रहला?
बन्दुकलाई त जनताले घुँडा टेकाए,
तरबारको धार कति दिन रहला?
सुनेको छु छिमेकिको खुट्टा ढोगेन रे,
अब यो सरकार कति दिन रहला?
साँझ परेसि भट्टि नछिरी हुदैन,
खल्तिको हजार कति दिन रहला?
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage