यो पक्का छ तेल र पानी मिल्न गाह्रो हुन्छ।
छुट्छु भन्ऩे जानी जानी मिल्न गाह्रो हुन्छ।
मेरो मुटु जल्दा खेरी तिमि हर्ष बढाँइ गर्छ्यै, अबिर र खरानी मिल्न गाह्रो हुन्छ।
खुलेआम नाङ्गिदै हिन्ऩेहरु पनि देख्दैछु मेरो देशमा।
आफ्नै घाँटी छिन्ऩेहरु पनि देख्दैछु मेरो देशमा।
साँच्चिकै सतीको श्राप लागेकै रहेछ क्यारे, आमा बेचि तरुनी किन्ऩेहरु पनि देख्दैछु मेरो देशमा। -SUM@N
Post a Comment