valentine day special gazal

Monday, February 20, 2012 0 comments

मेरो दिलमा तिम्रो आगमन बिस्तारै बिस्तारै।
बढ्दैछ मेरो मुटुको धड्कन बिस्तारै बिस्तारै।

नजरको जबाफ अधरले फर्काउछ्यौ,
उकालि चढ्दैछ तिम्रो यौबन बिस्तारै बिस्तारै।

मुना र मदनको के कुरा गरेँथेँ,
डरायझैँ गरी कस्यौ आलिङ्गन बिस्तारै बिस्तारै।

पुच्छ्दै निशानि लालि अधरको,
मेरै हातमा थमायौ जीवन बिस्तारै बिस्तारै।

तिमि र म अनि बाँकि प्रणय दिवस थियो,
जुन दिन काटियो प्रेमको रीबन बिस्तारै बिस्तारै।

नशा झैँ प्रेमको के प्याला पिलायौ,
सकेन थाम्न ढल्दैछ सुमन बिस्तारै बिस्तारै।.
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage