falgun7

Monday, February 20, 2012 0 comments

यो देशमा प्रजातन्त्र आएको झण्डै 61 बर्ष पुगेछ तर पनि नेपाली जनताले कहिल्यै प्रजातन्त्रको अनुभब गर्न पाएनन्। कहिले पञ्चायत त कहिले निरङकुस राजतन्त्र को अन्तयको लागि भन्दै सोझा निरीह जनतालाई हतियार बनाइयो। जसले जति नै ठूला भाषण र जति नै प्रचारबाजी गरेपनि देशमा मानवाधिकारको स्थिती ज्यादै नाजुक छ। अधिकारकर्मी स्वंम आफ्नैको ज्यानको सुरक्षा छैन। अझैपनि एउटा महिला बोक्सिको आरोपमा मारीन्छिन, बिना कसुर अबोध बालबालिका मारीन्छन के यहि हो त प्रजातन्त्र? सोझा जनतालाई ढाल बनाएर कयौँ चेलीको सिँदुर पुछेर कयौँ आमाहरुको मुटुको टुक्रा चुडाएर ल्याएको प्रजातन्त्रलाई आफ्नै बाउको पेवा जस्तो गर्ने यी नेताहरुले यसको प्रत्याभुति चाँहि कहिले गराउछन। प्रजातन्तत्र आयो भन्दा पनि नेपाली जनताले के पाय भन्ऩे कुरा रहन्छ। बिगतलाई मन्ऩ गर्दै वर्तमानमा उभिएर भविष्यको लागि खबरदारी गर्न सक्ने शक्ति नेपाली जनतालाई मिलोस प्रजातन्त्र दिवसमा मेरो यहि कामना छ।
-Suमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage