new gazal

Monday, February 20, 2012 0 comments

कर्णालीमा स्याउ सड्याछ खै कसरी बाँच्ने होला।
दिनै पिच्छे भाउ बड्याछ खै कसरी बाँच्ने होला।

जलस्रोतको दोस्रो धनि भन्ऩ पनि लाज लाग्छ,
अन्धकारमा देश लड्याछ खै कसरी बाँच्ने होला।

हाँक्दा हाँक्दै गाडी उसले भिरमा पुर्याई सकेकोछ,
ड्राइभर आँफै जड्याँहा छ खै कसरी बाँच्ने होला।

मै हुँ ज्ञानि सबलाई अब मै सिकाउछु धर्म भन्दै,
गाई खानेले वेद पढ्याछ खै कसरी बाँच्ने होला।

हेर्नपनि दिदैनन घरबेटीले आफ्नी छोरी,
उसैमाथि दिल गड्याछ खै कसरी बाँच्ने होला।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage