gazal

Monday, February 20, 2012 0 comments

तिम्रो महल अनि मेरो घरमा फरक छ।
गमला र देउरालीको वरमा फरक छ।

कुकुर अनि मान्छे मर्दा उस्तै उस्तै हुन्छ यहाँ, मेरो गाँउ तिमी बस्ने शहरमा फरक छ।

रङ्ग एउटै गन्ध एउटै तर स्वाद अलिक वेग्लै, तिम्रो अमृत अनि मेरो जहरमा फरक छ।

गुड्न समेत गाह्रो मलाइ तिमि माथी उड्ने भन्छेउ, मत मिल्दैन हामि दुइको रहरमा फरक छ।

कमाउनलाई बाँच्छेउ तिमि बाँच्नलाई कमाउछु म, तिम्रो मेरो संसार हेर्ने नजरमा फरक छ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage