muktak by suman

Monday, February 20, 2012 0 comments

जनताका सपनाहरु जल्ने तयारीमा छ।
आफ्नै छायाँले आफैलाई छल्ने तयारीमा छ।
पुस्ताहरुको इतिहास धान्ऩको लागि, अब यो सरकार ढल्ने तयारीमा छ।
 
रातको जुन नि अजमोलि घाम हुदैछ।
तिमिबाट दुई नम्बरी काम हुदैछ।

तिम्रो त्यो बहुमुल्य प्रेम किन्ऩलाई,
बन्दक राख्या मेरो मुटु लिलाम हुदैछ।
 
किलो मात्र होइन यहाँ पाउ बढेको छ।
पराईको चोरी हान्ऩे दाउ बढेको छ।
प्रत्यक चिजको आजभोली मुल्यवृद्धी भाछ भन्छन,
त्यहि भएर रैछ तिम्रो भाउ बढेको छ।
 
तिम्ले पाइला चालेउ मैले चाल्न बाँकि छ।
टुक्रा टुक्रा भाछ मुटु टाल्न बाँकि छ।
तिमलाई भुल्न अब कुनै कसुर बाँकि छैन प्रिया,
आखाँ चिम्लि सेतिमा हाम फाल्न बाँकि छ।
 
आकाशको एक्लो तारा झर्दा तिम्रै नाम छ मुखमा।
मन्दिर गइ फुलपाति छर्दा तिम्रै नाम छ मुखमा।
अझै पनि माया गर्छु भन्दा तिमले पत्याउदिनउ,
तिमले दिएको बिष पिएर मर्दा तिम्रै नाम छ मुखमा।
 
थाई नदिइ सुटुक्क मन चोरदिउ जस्तो लाग्छ।
तिम्रै नाउमा गजल मुक्तक कोरदिउ जस्तो लाग्छ।
एक छिन मात्र तिम्रो फोन ब्यस्त भयो भने, रिस उठेर आफ्नै मोवाइल फोरदिउ जस्तो लाग्छ।
 
 
 
 
 
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage