उस्ले त टुटायो भर आगो सँग ।।
नसोध पानीको खबर आगो सँग ।।
हात समाउनु अगाडी एकचोटी सोच्नु,
मुस्किल हुनेछ सफर आगो सँग ।।
बार्षौँ देखिको मौनता टुटेछ ,
जब भेटियो सागर आगो सँग ।।
जलेका त ज्युँदा शरीरहरु हुन,
सरकार सोध्दैछ असर आगो सँग ।।
हेर्नुछ कतिन्जेल जोगाउछौ हेर्नुछ,
तिमीले परालको घर आगो सँग ।।
Post a Comment