गजल (टोलाउछन आँखाहरु)

Monday, August 19, 2013 0 comments

टोलाउदिन भनि भनि टोलाउछन आँखाहरु।।
झर्छ कोहि आँशु बनि टोलाउछन आँखाहरु।।
आगो जस्तो घाम सहेर पर्खिदा नि सन्ध्यासम्म, नआइदिदा त्यो चाँदनी टोलाउछन आँखाहरु।
फूललाई धेरै विश्वाश गरी लुकाउदा आफुभित्र, घोन्छ त्यही फूलले अनि टोलाउछन आँखाहरु।।
उसैलाई सम्झि बस्दा ढकढक्याउछ ढोका कोही, खोल्दा जान्छ हावा बनि टोलाउछन आँखाहरु।।
छाति माथि हात राखेर देश सम्झियो भने देखि, तिम्रो पनि मेरो पनि टोलाउछन आँखाहरु।।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage