गजल

Tuesday, June 18, 2013 0 comments





यो शहरले त चोर्नेलाई पनि चुनौती दिएछ ।। 
चिल्ला सडकहरुबाट चोर स्वयंम लुटिएछ ।। 

हिजो लिपी नबुझी विश्वासले सहिछाप गरियो,
आज था'भो आफ्नै हातबाट जिन्दगी बेचिएछ ।। 

हुलाकिको तलासमा चिठ्ठिले उमेर बितायो,
जब हुलाकी भेटियो ठेगाना मेटिएछ ।। 

हामी झुक्किएका हौं या हामिलाई झुक्याइएको हो,
धेरै पटक बुख्याँचाहरुलाई मान्छे भनिएछ ।।

देश बादल्छु भनेकै दिन देखी हराएको थियो,
अहिले काँडाहरुको बिचमा 'सुमन' भेटिएछ ।। 
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage