ज्ञानु वाकर सरलाई मन परेको गजल

Sunday, August 26, 2012 0 comments

मागेको थियो केही पाउने आशाले।
ज्यानमा दुइसरो लगाउने आशाले।

ज्यूदाहरु यहाँ भोकभोकै मर्दैछन,
उ मुर्दालाई खुवाउदैछ जगाउने आशाले।

खै अरुलाई के के ले बचाउछ थाहा छैन,
मलाई बचाइरहेछ तिमि आउने आशाले।

इनारमा आफैले खसालेको रहेछौ,
मैले हात दिइरहेँ बचाउने आशाले।

आज रातभरी गजल गुनगुनाइरहेछु,
नअघाएको छोरो निदाउने आशाले।

त्यो गरीबले के देख्यो मसाल उठायो,
चुइएको झुपडि छाउने आशाले।

उसले भएकै घरपनि भत्काइरहेछ,
सपनाको महल बनाउने आशाले।

तिमिले त आँखा तरेर गएउ,
मैले हेरेको थिए बोलाउने आशाले।
-सुमन लम्साल
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage