gazal

Sunday, July 22, 2012 0 comments

हाँसो बेचि धेरै खुसि कमाएको देख्दा देख्दै।
यता आगो झोसि उता रमाएको देख्दा देख्दै।।

कसरी म तिमिलाईनै मनपराउछु भनूँ प्रिय,
मेरै अघि अर्कैको हात समाएको देख्दा देख्दै।।

रोक्न खोज्छु आँशुहरु आखिर किन रोकिन्थे र,
आफ्नो मान्छे आफूलेनै नपाएको देख्दा देख्दै।।

म पनि त उस्तै मान्छे आगो झोस्न खोजि हाल्ने,
तिमले दिलमा मट्टितेल खनाएको देख्दा देख्दै।।
-Suमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage