gazal

Friday, June 1, 2012 0 comments

मान्छे हो चिनारी अबश्य हुन्छ।
इच्छाको भकारी अबश्य हुन्छ।


अहिले युद्धगर्न जुन भाला उठायौ,
भोलि त्यही भारी अवश्य हुन्छ।
जब मान्छेलाई दुइ छाक खान पुग्दैन,
तब उ आतंककारी अबश्य हुन्छ।

तिम्रा प्रत्यक माग पुरा गर्यो भने,
इश्वर नि भिखारी अवश्य हुन्छ
यो देशको भलो चिताउनेहरुको,
हत्याको तयारी अबश्य हुन्छ।
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage