गजल

Wednesday, October 8, 2014 0 comments

खुशी भएँ बल्दा दियो जलेको त आँफै रैछु
थाहा पाउदा तेल सकियो जलेको त आँफै रैछु

समयले मलाइ लागि ऐना भित्र राखिदियो
जले जस्तो उ देखियो जलेको त आँफै रैछु

कहिले मसाल बोकी हिडें कहिले सडक बालि हिडें
देख्दा था'भो खरानी यो जलेको त आँफै रैछु

दुइटा थियौं एउटा बनि एउटालाई सक्किनु थ्यो
उ त स्वयम् आगो थियो जलेको त आँफै रैछु
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage