मलाइ
याद छैन मैले पहिलो पल्ट कुन किताब देखेको थिएँ । मैले सम्झन सक्दिन मैले पहिलो
पल्ट कहाँ कस्तो अक्षरको आकार बनाएको थिएँ । तर यो कुरा ग्यारेन्टीका साथ भन्न सक्छु
म किताबले जन्माएको मान्छे हुँ । किताब नहुदो हो त म अहिले बनेको अलि अलि मान्छे
पनि बन्दैनथे सायद । मेरो तनको श्रेय आमालाई जान्छ भने मनको श्रेय किताबलाई जान्छ
। मेरो लागि आमा र किताब बराबर हुन् ।
५ कक्षा
सुरु हुने बेलामा बुवाले किताब मात्र ल्ल्याइदिनु भयो तर गाता ल्याउन छुटाउनु भएछ
। मैले किताबमा गाता नहाल्दा सम्म खाना नै खाइदिन । ६० साल तिर मुनामा छापिएको "किताब
मेरो साथी" भन्ने कथा मैले १०० पटक भन्दा बढी पढेको थिएं । त्यहा बाट त झन्
किताबलाई बढी माया गर्ने भएछु । स्कुल पढ्ने बेलामा मेरो किताब सबैको भन्दा नयाँ
हुन्थ्यो । १२ कक्षा पढ्ने बेलामा एक जना महिला मित्र ले ११ को अंग्रेजी किताब
माग्नुभयो । जब मैले किताब दिएँ उहाँ त म संग नमज्जाले रिसाउनु भयो । उहाँलाई
लागेछ मैले उहाँको मन राख्नको लागि नयाँ किताब किनेर ल्याईदिएं तर मेरो आफैले
पढेको पुरानो किताब दिएको थिएँ । १२ मै पढ्ने बेला एकपटक किताबमा लेखेको बिषयमा
बिजय संग झगडा नै परेको थियो । खोइ के कारण हो मलाई सानै देखि किताब भनेपछि एकदमै
माया लाग्छ ।
मैले
बाटो पहिल्याउन नसकेका जीवनका धेरै अध्यारा गुफाहरुमा यसले नयाँ ब्याट्री हालेर
टर्च बालिदिएको छ । विचारका पहराहरुमा यसले नै मलाइ हात समातेर हिड्न सिकाएको छ ।
अरु संगको उचाइको प्रतिश्पर्दामा यसले मलाइ आफ्नो छाति माथि चढाएर कयौं पटक प्रथम
बनाएको छ । मेरो बिबेकको दियो निभ्न लाग्दा यसले नै सधै तेल थपेर जोगाइरहन्छ ।
दिमागमा भुमरी आउदा यसले नै मलाइ काखमा च्यापेर बचाएको छ । मैले मेरो हाँसो र आशुं
सबै भन्दा पहिला बाँड्ने नजिकको साथी हो यो । मलाइ माया गर्ने कुनै प्रेमिका भए
त्यो किताब नै हो । म नानिदाउदा बुवाले सुनाएका कथा जस्तै धेरै पटक यसले कथा
सुनाएर मेरो निन्द्रा ल्याइदिएको छ । त्यसकारण किताब मेरो बा पनि हो ।
यसरि
यत्रो भूमिका बाँधेर तपाई पाठकलाइ यहाँ सम्म ल्याउनुको कारण, भर्खरै मात्र भएको
एउटा घटना माथि आफ्ना केहि मनका अभिमतहरु राख्न खोज्दै छु । मैले मेरो पुस्तक प्रतिको मोह देखाउनुको कारण यतिबेला जलेको मेरो मनको पिडा हजुरलाई पनि महसुस गराउने प्रयास हो ।
२०७१ साल साउन ४ गते, जुन दिन त्रिचन्द्र क्याम्पसको बि.पी पुस्तकालय खरानीमा परिणत भएको थियो । पुस्तकालयका झन्डै ७००० पुस्तक जलेर सकिएका थिए । करोडौ अक्षरहरुले आफ्नो अस्तित्व गुमाएका थिए । यो समाचार आजसम मैले सुनेका १० प्रमुख दुखद समाचार मध्यको एक हो । धेरै दुखद घटनाहरुले मस्तिष्कलाई दुखि बनाएर जान्छन । कतिले त मजा संग आक्रोशित बनाएर जान्छन । तर यो घटना ले दिमागलाई कम छोयो र आक्रोशित पनि खास बनाएन केवल नराम्रो संग मन दुखाएर गयो । जब घटनाको वास्तविकता गहिराइमा बुझ्दै गइयो त्यति नै दुखेको गहिराइ पनि बढ्दै गयो ।
२०७१ साल साउन ४ गते, जुन दिन त्रिचन्द्र क्याम्पसको बि.पी पुस्तकालय खरानीमा परिणत भएको थियो । पुस्तकालयका झन्डै ७००० पुस्तक जलेर सकिएका थिए । करोडौ अक्षरहरुले आफ्नो अस्तित्व गुमाएका थिए । यो समाचार आजसम मैले सुनेका १० प्रमुख दुखद समाचार मध्यको एक हो । धेरै दुखद घटनाहरुले मस्तिष्कलाई दुखि बनाएर जान्छन । कतिले त मजा संग आक्रोशित बनाएर जान्छन । तर यो घटना ले दिमागलाई कम छोयो र आक्रोशित पनि खास बनाएन केवल नराम्रो संग मन दुखाएर गयो । जब घटनाको वास्तविकता गहिराइमा बुझ्दै गइयो त्यति नै दुखेको गहिराइ पनि बढ्दै गयो ।
दुइ
जना युवकले एउटा युवतीलाई मन पराएछन्, एउटा चाहिं ले खुकुरी प्रहार गरेछ अर्को
चाहिकाहरुले पुस्तकालय जलाएछन् । सारमा घटना यत्ति नै थियो । विश्लेषण गर्ने अर्को
पार्टी ले भन्यो, " खुकुरी हान्ने चाहिं कांग्रेस निकट ने बि संघको मान्छे,
खुकुरी खाने चाहिं एमाले निकट अखिलको मान्छे , बि पी पुस्तकालय कांग्रेसकाहरुको
अगुवाइमा खुलेको भएर अर्को समुहले जलाएर आक्रोश पोख्यो ।" समाचार जे सुकै
होस् चाहे विश्लेषण जे सुकै होस् जलेको एउटा पुस्तकालय थियो जहाँ पुस्तक संगै
जलेका हजारौ आत्मा थियो हजारौ ब्याक्ति थिए ।
पुस्तकालय जल्यो त्यो पनि अन्त कहीं नभएर बिद्याको मन्दिर भनिने क्याम्पसमा
। यसले पहिलो कुरा त हाम्रो सोचको स्तर र चेतनाको दायरालाइ प्रतिबिम्बित गर्छ भने
अर्को कुरा हाम्रो संस्कार र परिपाटीलाई चिनाउछ । हाम्रो देशका राँको र मसाल बाल्न
सिकाउनेहरुले कहिल्यै सोचेनन् कि यही संस्कार बिकशित हुदै गयो भने भोलि यसरि नै
किताब पनि जल्न सक्छन् र अझ अर्को भोलि हामीहरु पनि जल्न सकिन्छ । हाम्रोमा एउटा
यस्तो बिकराल संस्कृति छ कि केहि कुराको बिरोध गर्नु पर्यो भने आगो नबाली र धुवाँको मुस्लो ननिकाली त्यो
बिरोध नै हुदैन । अब त बिरोध गर्नेहरुले धुवाँ आफ्नै शरीर जलेर निस्केको पनि पत्तो
पाउन छाडेछन् । हामीहरुको आक्रोशलाई हतियार बनाएर धेरै जनाले आफ्नो स्वार्थ पुरा
गर्ने माध्याम पनि बनाउदै आएका हुन् । यो घटना पनि त्यहि प्रवृतिको एउटा निरन्तरता
हो । प्रवृति एउटै भए पनि घटना बिल्कुलै फरक हो । फरक भए पनि यो अब एक किसिमले
राजनीतिकरण भैसकेको छ । म ढुक्क छु पुस्तकालय जो सुकैले जलाय पनि उ कारबाहीको
भागेदार हुनु पर्दैन । हाम्रो परिवेश: एउटा विद्यार्थीले पुस्तकालय जलाएको
अभियोगमा कारबाही होस् भनेर दबाब दिनुपर्छ र अन्त्यमा कारबाही हुदैन । सबै जना
कारबाही गर्ने कारबाही गर्ने भनेर लागी राख्नु भएको छ तर मलाइ लागिरहेको छ कारबाही
गर्ने चाहिं के ? तपाइँ आफ्नै टाउकोमा बन्चरो हान्नेहरुलाई के कारबाही गर्नुहुन्छ
? अर्काले फोहोरो देखायो भनेर आफ्नै खुट्टा काट्नेहरुलाई कस्तो कारबाही गर्न मिल्छ
? कारबाही त मान्छे मार्ने अपराधीहरुलाई हुन्छ आत्मा मार्ने अपराधीलाई कुन कारबाही
गर्न मिल्ला र ?
जस
जसले जलाउनु भएको उहाँहरुले एकपटक छातीमा हात मात्र राखेर सोच्नु भयो र यदि
उहाँहरुसंग मान्छे हुनुको आधारभूत गुण छ भने तत्काल आत्महत्या गर्नुको विकल्प
रहदैन । यदि उहांहरु बाँच्नु भयो भने पनि किताबका पाना पाना जलेर निकिएको धुवाँले
उहाँहरुको जिबनलाई नै कुहिरो भित्र अल्मल्याउने छ ।
मलाइ
लाग्छ ति जलेका किताबहरु र हामि नेपाली जनताहरुमा कुनै फरक नै छैन जो बार बार
जलेका छन् अरुको स्वार्थ परिपूर्तिको लागि । जसलाई उनीहरुले जन्म दिए उनीहरुले नै
जलाई रहेका छन् । अब यो देशका लेखकहरुलाई एउटा नयाँ बिम्ब थपिएको छ, "नेपालि
जनता जलेका किताब ।"
अन्त्यमा: हामि एउटा यस्तो बिकराल परिस्थितिको भागीदार बन्दै छौं, जहाँ
एउटा दुध चुसाइरहेकी आमालाई छोराले मार्छ र आमा भित्र दुधको फ्याक्ट्री खोज्न
थाल्छ । जलाउनेहरुलाइ लाग्यो होला जलाएको केवल प्रतिपक्षको अहंकार हो, कागजका खोस्टाहरु
हुन् तर संगसंगै जलेका अक्षरहरु थिय र संग संगै जलेका मनहरु पनि थिय ।
२०७० साउन १० गतेको "पोखरा हटलाइन"
राष्ट्रिय दैनिकमा प्रकाशित

Post a Comment