प्रहरीको मा.प.शे. चेक गर्ने चाँही कस्ले ?

Tuesday, April 15, 2014 0 comments


        
    कहिले काँही अलि बढी नै साहित्यकार टोपलिईन्छ, त्यो दिन घर र समयलाई नै बिर्सिदोरहेछ । केहि दिन अगाडिको कुरा हो मित्र राजिब र म अलि बढी नै गफपान गर्न लागिएछ क्यारे समयको ख्यालै नगरी माहोलमा हराइएछ । बढी नै टिनमा पानीको आवाज पर्न थालेपछि चाँही दुबैलाई घडीले झस्क्यायो । किनकि त्यो दिन त्यहाँ भएका मध्यका सबैभन्दा टाढा पुग्नुपर्ने हामीलाई नै थियो । सायद सबैजनाको घर पुग्नुपर्ने बाटोको मध्यिका निकालेर होला त्यो दिन हाम्रो झुण्डले गफिने साइत रामबजारको एउटा क्याफेमा जुराएको थियो । अरु साथीहरु कोहि घोडामा सबार थिए त कोहि त्यतै नजिकै बस्दथे । सधै चढेर हिड्ने घोडालाई पनि त्यो दिन खै के मा चित्त परेनछ धोका दियो । हामि जाँदा त माईक्रोमा गइयो तर आउने बेला चाँही साँच्चिकै समस्या पर्यो   पानी सिमसिम परेको थियो,हामी साथीहरुसँग बिदा मागेर हतार हतार बाहिर निस्कीयौं । सायद भित्रबाट आएको जोश सेलाई सकेको थिएन, राजिबले हिडेरै जाने प्रस्ताब पेश गर्यो । म पनि जोशिएँ र हिड्न थालियो । बुद्धचोक सम्म आउँदा नै खुट्टाहरुले नोट अफ डिसेन्ट लेखेर पेश गरिसके पनि स्वाभिमान गिर्ने डरले दुबैजनाले त्यो कुरा खोलिएन । तर, पृथ्वीचोकसम्म आइपुग्दा त पानीको चिसो र थकाई ज्यानले थाम्नै सकेन । उ पनि मर्किएको लौरी जसरी जसोतसो ज्यान चलाउदै थियो । आफ्नो जस्तै अनुमान गरेर मैले झ्याप मुख फोरी हाले हैन यार नसकिने पो भो त केहि उपाय निकालौ भो ।  उसलाई पनि सायद त्यहि नै चाहिएको थियो केवल भन्न मात्र सकेको थिएन । तुरुन्त सहमति जनाएर आइस्टाईनस्स शैलीमा केहि सोचेजस्तो गर्यौ , केहि बेरमा मामाको नाम निकाल्यो । मलाई पनि जायज नै लग्यो र मामालाई बोलाउने निस्कर्षमा दुवै पुगियो । केहि बेर अनु सपानका गजलहरु माथि ननसेन्स तर्क गर्दै मौसमलाई चुनौती दिएर घरको पेटिमै  विताइयो । मामा आइपुनु भयो । मामा त आउनुभयो तर बाइक एउटा जानु पर्ने तिन जना भइयो । मैले अलि जाने बुझेजस्तरी प्रहरी नबस्ने बाटोको नमुना बताए पनि मामा त्यसमा सहमत हुन मान्न भएन । सायद उहाँलाई आफ्नो लाइसेन्सको अलि बढी माया लग्यो होला नलागोस पनि कसरी कम त दुःखले निकाल्या पनि त होईन । ममाले दुइ ट्रीप गर्ने तर्क निकाल्नुभयो तर राजिबले पनि यसमा त्यति इन्ट्रेस्ट नदेखाए पछी मामा तिन जना जाने कुरामै राजी हुनुभयो तर यदि प्रहरीले समाती हाले लाइसेन्स चाँही मेरो दिने सहमति भयो ।
             हामि जाल्पा रोडको वाटो छिरेर सिद्धार्थचोक निस्कने बाटो हुँदै आयौं तर सिद्धार्थ चोकको मोडमा पुलिस चेकिंक रहेछ बच्ने कुरै भएन । प्रहरीले देखिहाले पनि उसको अपमान नहोस भनेर म पछाडीबाट फुत्त ओर्लिए  र अलि अगाडी गए जस्तो गरें । एकजना प्रहरी मामाले बाइक रोकेकै ठाउँमा पुगे । उनले अस्वभाविक रुपमा एक्काशी दुवै जनालाई नमस्कार गरे र परिचय मागे । यो देखेपछी मलाइ अलि बढी हौसला मिल्यो र म पनि नजिकै गएँ । प्रहरीले म तिर देखाउदै भने ओई त होइनस अघी यिनीहरुको पछाडिवाट झर्नेएक्कासी उस्ले सम्मान बदलेको देख्दा मलाई अचम्म लाग्यो । अनि झर्नु पर्छ त यस्तो पानी परेको बेलामा पनिउनको हाँसेले मेरो डर कम गरिदियो । वडिगार्ड शैलीमा  उनले लौरी घुमाउदै अर्को पुलिसलाई आदेश  दिए । ए जगत यिनीहरुको मा.प.शे. चेक गर त ! ” “कहाँ बाग्लुंग बसपार्क हिडेको हो?उसको ध्यान मामातिर लक्षित भयो । राजिब वाईकवाट ओर्लेर उसको साबिक शैली पत्रकार शैलीमै केही कुरा गर्न थाल्यो, वास्तविकतालाई केहि थपथाप गरेर वर्णन गर्यो । उनी फेरी म तिर आएर बोल्न थाले तँ चाँही हिडेर जाने हो अबम केहि बोलिन हाँसे मात्र । यती बोल्दा उसको मुखबाट आएको मदिराको गन्धले मेरो नाकका केहि ग्रंथिहरु फुटाएको मलाई अनुभब भैरहेको थियो । एकछिनको भेज नन्भेज प्रबचन पछाडी उनिहरुले हामीलाई बिदा गरे । मलाई चाँही औलाले देखाएर तँ उ त्यहाँ पुगेपछि मात्र छाड्नु नि भन्ने आदेश भयो । पछी मामा भन्दै हुनुहुन्थ्यो सिपाहीहरुले पनि धेरै नै पिएका थिए ।
          प्रहरीले  हामि सँग न लाइसेन्स माग्यो न बिल बुक माग्यो खालि केहि नन्भेज पर्वचन मात्र सुनायो र उसको रमिता देखायो । यो घटनाले मेरो मनमा चाही एउटा तरङ्ग उत्पन्न गराएर गयो हाम्रा त्यस पछाडिका थुप्रै कफी बहसको लागि विषयवस्तु  प्राप्त भयो । 
          प्रहरीले यस्तो गर्नुपर्छ यस्तो गर्नुहुदैन भनेर यो लेखक पाठकहरुको अपमान गर्न चाहदैन । हो हामीलाई थाहा छ गल्तीसबै बाट हुन्छ । सर्वसाधरण जनताबाट गल्ति भएर मा.प.से. गर्छन, चोरीको सबारी चलाउछनं र अयोग्य व्यक्तिले सबारी चलाउछन् भनेर नै पुलिस चेक गर्न राखिएको हो सायद । तर, तिनै चेक गर्न बसेका प्रहरीले गल्ति गर्छन की गर्दैनन् भनेर सडकमा जाँच्ने कुन व्यवस्था बनाइएको छ ? अरुको कमजोरी पत्ता लगाउन वसेको मान्छे आफु कमजोर छ की छैन भनेर मापन गर्ने कुनै मापक चाहिन्छ की चाहिदैन ? आजसम्म प्रहरीको मा.प.शे.चेक गरेको कतै समाचार सुनिएको छैन । तर, डियुटीमा रहेका प्रत्येक प्रहरी न्युनतम कुन अबस्थामा हुनुपर्ने त्यसको चाँही मापन हुने गरोस । हुन त प्रहरी नैतिक रूपमा नै त्यो कुरामा सचेत हुनुपर्छ भन्ने तर्क पनि उठ्लान । तर, यो कुन चाही नैतिकतामा चलेको देश हो र ? अरु सबै ठाउँमा गल्तिको लागि नैतिकताले छेक्नु पर्ने प्रहरीलाई मात्र के जरुरी होला र ? हुनु चाही पर्ने हो सवैलाई थाहा छ तर भैरहेको छैन त्यो पनिं सबैलाई थाहा छ ।
  यस विषयमा सम्बन्धित निकायले अरु केहि गर्न नसकेपनि कम्तिमा प्रहरीले हाम्रो परिक्षण गरे जसरी सुरक्षा निकायले पनि एउटा संयन्त्र बनाएर प्रहरीले मा.प.शे. गरे नगरेको  परिक्षण गर्न त सक्छ नि होइन र ? अहिले लाई यत्ति मात्र गर्न सक्यो भने पनि प्रहरीको गिरेको छबी धेरै हद सम्म माथि उठान सक्थ्यो भन्ने मेरो अनुमान हो ।

२०७० चैत २९ गतेको पोखरा हटलाइन राष्ट्रिय दैनिक बाट
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage