गजल (मन्जुर मात्र नभएका हुन चिनिनको लागि )

Thursday, January 9, 2014 0 comments

मन्जुर मात्र नभएका हुन चिनिनको लागि
सब दुनियाँ तयार छन् बेचिनको लागि

सग्लो अनुहार पनि चिथोरेर हिड्नुपर्छ,
यो शहरमा मान्छे जस्तो देखिनको लागि

कत्रा पहाड उकालेर झार्छ जिन्दगीले,
आखिर एउटै सतहमा उभिनको लागि

आगोको गन्ध त लगभग सबले पाइसकेका छन्
र पनि कोहि तयार छैनन् रोकिनको लागि

थोरै तुफान र थोरै उज्यालो पठाइदिनु,
बाँकी छ अझै एउटा युग ब्युझिनको लागि    
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage