गजल (बचपनसंगै निभेको छ)

Monday, December 9, 2013 0 comments

बचपनसंगै निभेको छ फूलझडी जस्तो जिन्दगी ।।
अब बचेको छ केवल यो छडी जस्तो जिन्दगी ।।

छिटो हुँदा नि बिग्रने ढिलो हुँदा नि बिग्रने
यहाँ दुनिया बिताइरहन्छ घडी जस्तो जिन्दगी ।।

तिमीले बिश्वास गरेर यस्तो बनाइदिएकि छौ,
म पलपल बाँचिरहेछु हत्कडी जस्तो जिन्दगी ।।

यता एक ठाउँमा टाल्यो उता दुइ ठाउँमा भात्किन्छ,
कति मर्मत गर्नु र यो झुपडी जस्तो जिन्दगी ।।


Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage