बिधामा नअटेको साहित्य

Thursday, August 1, 2013 0 comments


मेरो देश आजकाल 
फिक्का 
उदास 
मलिन 
र 
अध्यारो 
भएको छ 
प्रिय!!!
बिल्कुल तिम्रो मुस्कान बिनाको तस्बिर जस्तो.......




ए नदी !!
तेरो जात कुन हो??
तेरो धर्म कुन हो??
र तेरो नागरिकता कहाँ को छ?
नेपालको कि भरतको??? 
हाम्रो तिर त जात,धर्म र पहिचान नहुनेहरु,
बग्न त के हिंड्न पनि पाइदैन...
यदि थाहा छैन भने 
तँलाई जन्माउने 
तेरी आमा 
हिमालसँग सोध
कुन बादी हुन भनेर, 
कुन मूलकी हुन भनेर,
त्यो पनि जानिनस् भने 
तँ बग्न सक्दैनस् यो देशमा 
जा गएर बस 
गुमनाम गुमनाम र स्थिर बनेर 
फोक्सुण्डो जस्तै....



ए जिन्दगी!!!
नपिउ भने 
प्यास ले सगरमाथा छुन लगिसक्यो 
पिउ भने 
थाहा छ आँफैलाई समाल्न सक्दिन 
क्य छ यार 
तिम्रो आधरको प्याला पनि.... 
ए प्रदेशी 
तिमीले तिम्रो तस्बिरको पछाडि 
उतार्न खोजेको महल भन्दा 
ठुलो हिमाल बनेको छ 
तिम्री आमाको आँसु जमेर.......
आफ्नो बैशाखीले साथ छाडे पछी 
कुनै बेला 
आँफैले बैशाखी बनाउन अयोग्य ठानेको 
बाँस को पनि साथ मग्नुपर्‍यो 
तर 
जे भने पनि 
बाँस बाँसनै हुदोरहेछ बैशाखी नहुदोरहेछ.................... 
ए जिन्दगि!
भोलि हाम्रो तिर बाट सरांकोटले
एक हुल बतास पठाउदै छ अरे 
मैले पनि एक झोक्का याद मिसाइदिएको छु 
मागेर लिन नबिर्सनु है 
पछि म संग रिसाउन पाइदैन नि


तिम्रो माया पनि अन्जुलिमा राखेको पानी जस्तो छ......जतिनै औला कसेर जोगाउछु भने पनि थाहा हुदैन कुन चर बाट खसेर सकिन्छ..#तत्वबोध

Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage