गजल

Wednesday, August 15, 2012 0 comments

आफ्नो मान्छे भन्ऩु कुन छ र आमा?
हाम्रो घर नचुइने हुन्छ र आमा?

अन्याय अत्ति भो अब त बोल्छु,
बोलेरै जेलमा थुन्छ र आमा?

त्यो एउटा दाग जहिले नि देखिन्छ,
भनन जून पनि रुन्छ र आमा?

न मसाल छ साथमा न मान्छे नै छन,
हाम्रो कुरा कस्ले सुन्छ र आमा?

 भो रुदै नरोउ आँशु नझार,
आँशुले कस्को मन छुन्छ र आमा?
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage