गजल

Friday, August 10, 2012 0 comments

सुखै सुख छानि छानि कहाँ पाइन्छ र?
सोचेजस्तो जिन्दगानी कहाँ पाईन्छ र?

कहिले झर्छ पसिना त,कहिले असिना,
बराबरी घाम र पानी कहाँ पाइन्छ र?

जिन्दगिको दुख देखि हरेस नखानु है,
रात नझरी विहानी कहाँ पाइन्छ र?

ठूला ठूला महल हेर्नुस गरीबको झुप्रो हेर्नुस,
ढुक्क सँग दुइ छाक खानी कहाँ पाइन्छ र?

कति गर्छन लुझाचुढि धन सम्पति जोड्न,
मर्दा खेरी लिइ जानि कहाँ पाइन्छ र?

तिमले आगो झोस्नु अघि खै किन सोचेनौ,
मन भएसि खरानी कहाँ पाइन्छ र?

फुल पनि झर्छ आखिर मान्छे बुढो हुन्छ,
सँधै भरी जवानि कहाँ पाइन्छ र?

-SUमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage