गजल

Wednesday, May 9, 2012 0 comments

साँच्चै देशमा संविधान कस्तो हुन्छ होला?
जनताको पहिचान कस्तो हुन्छ होला?

रातारात इतिहास बेच्न थालेपछि,
यो राष्ट्रको स्वाभिमान कस्तो हुन्छ होला?

गरीबको भोकाएका पेट उठे भने,
सोच्नुस है आफ्नै चिहान कस्तो हुन्छ होला?

जागिर नपाई प्रमाणपत्र जलाउनु पर्दा,
अब भन्ऩुस त्यो जवान कस्तो हुन्छ होला?

उसले मुर्तीमा अलिकति मदिरा चढाएछ,
लौन अब भगवान कस्तो हुन्छ होला?
-suमन
Share this article :

Post a Comment

 
Thank You
Proudly powered by Akshar.Collage